आइजीपी दान बहादुर कार्की सुरुमा गाउँ छाडेर काठमाडौं जाँदै गर्दा फाटेको झोला सिलाई दिएर आशीर्वाद दिदै पठाएका छिमेकी भोटे दमाई दाईको घरमा पुगेर आफ्नो पदोन्नतिको खुशीमा उहाँलाई मिठाई खुवाएर खुसि साटेका छन । उनै भेटे दाईको हातको टिका लगाउदा दशैमा लगाए जस्तो लाग्यो भन्दै उहाँले आँशु झार्नु भयो । बाबुको दौँतरी सायद बाबुको हातको टिका लगाए जस्तो ठानेर होला आइजिपि कार्किले गहभरि आशु झार्दै टिका ग्रहण गरेका हुन ।





