मंसिर १७, २०८२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बनस्थलीमा हालै एकता प्रक्रिया सम्पन्न गरेका गैरआवासीय नेपाली संघ (एनआरएन) का नेतृत्व टोली तथा संरक्षक उपेन्द्र महतोसहितका पदाधिकारीहरूले भेटवार्ता गरेका छन्।
भेटमा रास्वपातर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, विदेश विभाग प्रमुख शिशिर खाना तथा सचिवालय सदस्य गणेश पराजुली सहभागी थिए।

बैठकमा प्रवासी नेपालीहरूको मताधिकार सुनिश्चितता तथा एनआरएन नागरिकताजस्ता महत्वपूर्ण विषयमा रास्वपाले निरन्तर रूपमा सदन र सार्वजनिक मञ्चहरूमा आवाज उठाएकोप्रति एनआरएन नेतृत्वले कृतज्ञता व्यक्त गर्यो।
रास्वपाका कार्यवाहक सभापति अर्यालले परिवर्तनका लागि राजनीतिक एकता अत्यावश्यक भएको बताउँदै रास्वपा–विवेकशील तथा गैरआवासीय नेपाली समुदायबीचको एकता प्रक्रिया संयोगवश एउटै दिन परेकाले यसले सकारात्मक सन्देश दिएको टिप्पणी गरे।
उक्त भेटघाटले अघि बढिरहेको एकता प्रक्रियालाई थप मजबुत बनाउने तथा प्रवासी नेपालीहरूका समस्यामा सहकार्य गर्ने संकेत गरेको बताइएको छ।



