राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारले हाल माओवादी केन्द्र छाडेका जनार्दन शर्मासँग गहन संवाद थालेका छन्।
नयाँ राजनीतिक अभियान अघि बढाउने उद्देश्यले रास्वपा छाडेका परियार र शर्माबीच निरन्तर छलफल भइरहेको स्रोतले जानकारी दियो।

‘सन्तोष परियार र जनार्दन शर्मा अहिले सँगै छन्, उनीहरूबीच निरन्तर कुराकानी चलिरहेको छ,’ स्रोतले भन्यो।
कम्युनिस्ट पृष्ठभूमिबाट आएका परियार केही समयदेखि वैकल्पिक धारसँग संवादमा रहेको कुरा रास्वपा नेतृत्व स्वयं पनि अवगत थियो।
रास्वपाका एक शीर्ष नेताका अनुसार, पूर्व प्रमुख सचेतक परियार अहिले जनार्दन शर्मा मात्र होइन, घनश्याम भूसाल, नेत्रविक्रम चन्द ‘विप्लव’, मानुषी यमी लगायत विभिन्न धारका व्यक्तिसँग पनि निरन्तर संवादमा रहेका छन्।



