अख्तियारका आयुक्तहरूलाई सडकमा घिसार्ने चेतावनी — जेनजी सह–संयोजकको कडा अभिव्यक्ति”
काठमाडौं, असोज २४, २०८२, जेनजी रिभोलुसन नेपालका सह–संयोजकले २०४६ सालपछि भएका सबै चर्चित घोटालाहरूको छानबिन प्रक्रिया तत्काल अघि नबढाए अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबै आयुक्तहरूलाई कडा चेतावनी दिएका छन्।

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेर निबेदन बुझाउँदै सह–संयोजक शाहिले भने, “अब जनताले अख्तियारका ढोका ढक्ढक्याउने होइन, ढोका तोड्नेछन्। भ्रष्टाचारको रेखा २०४६ सालदेखि सुरु भएको छ, त्यसपछिका सबै घोटालाको छानबिन नगरे जनकारबाहीबाट कोही पनि जोगिने छैन।”
निबेदन बुझ्ने क्रममा प्रमुख आयुक्त प्रेम राई, आयुक्त जयबहादुर चन्द, र अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
सह–संयोजक शाही र प्रबक्ता धामिले ले थपे, “अख्तियार यदि जनताको पक्षमा उभिन चाहन्छ भने राजनीतिक दबाब र सिण्डिकेटको नसोचि २०४६ पछि भएका सम्पूर्ण सम्पत्ति घोटाला र ठेक्का भ्रष्टाचारमाथि तत्काल कारबाही गर्नुपर्छ।”
जेनजी आन्दोलनले यसअघि पनि सरकारी निकाय र नेताहरूको अकुत सम्पत्ति छानबिनका माग गर्दै देशव्यापी अभियान सुरु गरिसकेको छ।
स्रोतका अनुसार आयोगले उक्त निबेदन दर्ता गरी आवश्यक प्रारम्भिक प्रक्रिया अघि बढाउने तयारी गरेको छ।



