नेपाली कांग्रेसका प्रभावशाली नेता, केएमसी तथा नोबेल अस्पतालका प्रमुख, सेवाभावी चिकित्सक तथा देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर जनताको हृदयमा बस्न सफल माननीय डा. सुनिल कुमार शर्मा केही दिनका लागि अमेरिका भ्रमणमा प्रस्थान गर्नुभएको छ ।

यस भ्रमणको मूल उद्देश्य गैरआवासीय नेपाली समुदायसँगको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने, पारिवारिक तथा सामाजिक दायित्व पूरा गर्ने, र अमेरिकामा रहेका नेपाली समुदायसँग आपसी संवाद तथा अनुभव आदान–प्रदान गर्ने रहेको छ । भ्रमणका क्रममा डा. शर्मा पारिवारिक भेटघाट, विभिन्न औपचारिक कार्यक्रम र साथी–भाइहरूसँग आत्मीय भेटमा व्यस्त रहनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय