३० साउन, काठमाडौं , श्रीकृष्ण जन्माष्टमी तथा गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्व कलाको पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा विशेष कार्यक्रम गरी भगवान श्रीकृष्णको जन्मोत्सव २०८२ मनाइएको छ। भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वमा भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ।

 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूद्वारा जीवनको लागि आध्यात्मिक उद्बोधन, सांस्कृतिक कार्यक्रम भजन कीर्तन र असारमा सञ्चालित गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकलाको पुरस्कार वितरण गरिएको छ ।

जीवनका लागि गीता ज्ञान अभियान, नेपालको आयोजनामा भएको विशेष कार्यक्रममा प्रमुख अतिथि स्वामी नीलकण्ठ बाबा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। गीता ज्ञान अभियानका अभियान्ता गोकुल थापाको सभापतित्वमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय