काठमाडौँ, उपत्यका स्वतन्त्र निर्माण व्यवसायी संघले घर निर्माण सम्बन्धी परामर्श केन्द्र सञ्चालन गरेको छ ।आइतबार काठमाडौंको त्रिपुरेश्वर स्थित क्यापेबल इन्जिनियरिङ फर कन्स्ट्रक्सन एन्ड डेभलपमेन्टको कार्यालयमा घरधनीका लागि परामर्श केन्द्रको स्थपना गरिएको हो ।

केन्द्रमा निमार्ण सामाग्री पहिचान र बलियो घर निर्माणबारे हप्ताको १ दिन घरधनीलाई निशुल्क परामर्श सेवा पद्रान गर्ने क्यापेबल इन्जिनियरिङ फर कन्स्ट्रक्सन एन्ड डेभलपमेन्टका कार्यकारी निर्देशक कुमार भट्टले जानकारी दिएका छन् । उपत्यका स्वतन्त्र निर्माण व्यवसायी संघ र क्यापेबल इन्जिनियरिङ फर कन्स्ट्रक्सन एन्ड डेभलपमेन्टको सहकार्यमा सञ्चालन परामर्श केन्द्रमा घरधनीहरुलाई निर्माण सामाग्रीहरु ईटा, बालुवा, गिट्टी लगायत घर निर्माण सामाग्रीहरुको गुणस्तरीयताबारे परामर्श सेवाले बलियो घर निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उपत्यका स्वतन्त्र निर्माण व्यवसायी संघका अध्यक्ष हरिचन्द्र बर्तौलाले बताए ।


कार्यक्रममा इन्जिनियर कुमार भट्टले प्रर्दशनमा राखिएका निमार्ण सामाग्रीको गुणस्तरीयताबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीे बक्ताहरुले सेवा केन्द्र प्रभावकारी तथा जानकारीमुलक हुने आशा व्यक्त गरेका छन । कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तन्डुकार, विशिष्ट अतिथि काडमाडौं महानगरपालिका विपद् व्यवस्थापन महाशाखा प्रमुख विष्णु प्रसाद जोशी, उपत्यका स्वतन्त्र निर्माण व्यवसायी संघका विमा संयोजक रामकृष्ण मर्हजन, संञ्चारकर्मी जनक महरा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।



