चितवन। प्रधानमन्त्री ओलीले इच्छाकामना गाउँपालिकाको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वसहित देश र जनताका पक्षमा सरकार अहोरात्र क्रियाशील रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले गाउँपालिकाको प्रशासकीय भवनको आज यहाँ एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको प्रशासकीय भवन रु ३० करोड ९० लाखमा निर्माण भएको हो ।

सो अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकार हल्लाका पछि नलागी विकास निर्माणसहित सुशासन दिन प्रतिबद्ध रहेको बताउनुभयो ।



