रास्वपाका सभापति रवि लामिछानेलाई आज भैरहवा कारागार चलान गरिएको छ ।शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो।





