काठमाडौं: नेपाली फर्निचर बजारमा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित खड्का फर्निचरले ‘ZEDPAL’ ब्रान्डका आधुनिक तथा गुणस्तरीय अफिस कुर्सी बजारमा ल्याएको छ। सन् २०१९ अर्थात् वि.सं. २०७६ देखि फर्निचर उत्पादन क्षेत्रमा सक्रिय कम्पनीले २०८३ असोजदेखि जेडपाल ब्रान्डका कुर्सी बिक्री सुरु गरेको हो।
जेडपाल ब्रान्डको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेललाई अनुबन्ध गरिएको कम्पनीले जनाएको छ। गजुरेलको आबद्धताले स्वदेशी उत्पादनप्रति उपभोक्ताको विश्वास बढाउनुका साथै नेपाली ब्रान्डलाई थप परिचित बनाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

कम्पनीका अनुसार जेडपाल कुर्सी निर्माणमा गुणस्तरीय कच्चा पदार्थ, हार्डवेयर तथा आवश्यक पार्टपुर्जालाई प्राथमिकता दिइएको छ। आरामदायी, टिकाउ र अन्तर्राष्ट्रिय गुणस्तरअनुरूपका कुर्सी उपलब्ध गराउने लक्ष्यसहित ब्रान्ड बजारमा ल्याइएको हो।
जेडपालको अर्को विशेषता बिक्रीपछिको सेवा रहेको कम्पनीले जनाएको छ। कुर्सीमा कुनै प्राविधिक समस्या आएमा देशभरका आधिकारिक डिलरमार्फत स्पेयर पार्ट्स, मर्मतसम्भार तथा आवश्यक सर्भिस सुविधा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
विदेशबाट आयात हुने कुर्सीसँग प्रतिस्पर्धा गर्न सक्ने स्वदेशी विकल्पका रूपमा जेडपाल ब्रान्ड विकास गरिएको कम्पनीको भनाइ छ। गुणस्तरीय उत्पादन र भरपर्दो सेवामार्फत नेपाली उपभोक्ताको विश्वास जित्नु यसको मुख्य उद्देश्य रहेको छ।
स्वदेशी उत्पादनको प्रयोगले नेपाली उद्योगको विकास, रोजगारी सिर्जना, सीप तथा प्रविधिको विस्तार र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै खड्का फर्निचरले नेपाली उपभोक्तालाई स्वदेशमै उत्पादित वस्तु प्रयोग गर्न आग्रह गरेको छ।
‘ZEDPAL – Proudly Made in Nepal’ नारासहित बजारमा आएको ब्रान्डले गुणस्तरीय कुर्सी, भरपर्दो स्पेयर पार्ट्स र सहज सर्भिस सुविधालाई आफ्नो प्रमुख विशेषताका रूपमा अघि सारेको छ।



