काठमाडौं: ललितपुरको पाटनमा घटस्थापनादेखि सुरु भएको ऐतिहासिक अष्टमातृका (गँ: प्याखँ) नाच प्रस्तुत गर्दै देवगणहरू। मल्ल राजा श्रीनिवास मल्लको पालादेखि सुरु भएको मानिने यो नाच पुस्तौँदेखि निरन्तर चल्दै आएको पाटनको मौलिक सांस्कृतिक सम्पदा हो। परम्परा, आस्था र नेवारी संस्कृतिको जीवन्त झल्को दिने यो नाचले पाटनको ऐतिहासिक पहिचानलाई आज पनि जीवन्त राखेको छ।





