काठमाडौं: गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेपछि बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको छ। पहिरोका कारण नदीमा एक्कासि लेदो मिसिएपछि बुढीगण्डकीमा बाढी आएको हो।
बाढीले गोरखाको चुमनुब्री र धार्चे क्षेत्रमा क्षति पुर्याएको छ। बाढीका कारण केही घर तथा पुल बगाएको जनाइएको छ। नदीमा आएको लेदोसहितको बाढीले स्थानीय बस्ती र भौतिक संरचनामा क्षति पुर्याएपछि त्यस क्षेत्रका बासिन्दामा त्रास बढेको छ।


पहिरो खसेको क्षेत्र र बाढीले पुर्याएको क्षतिको अवस्थाबारे थप विवरण आउन बाँकी छ।



