काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत बाजुरा जिल्लामा केन्द्रीय सदस्य तथा सांसद केपी खनाललाई भव्य स्वागत गरिएको छ।

अभियानका क्रममा बाजुरामा खनालको स्वागतका लागि समर्थक तथा स्थानीयको उत्साहजनक उपस्थिति देखिएको छ। रास्वपाले अभियानमार्फत संगठन विस्तार, जनतासँग प्रत्यक्ष संवाद र आफ्नो राजनीतिक गतिविधिलाई थप सक्रिय बनाउने लक्ष्य लिएको छ।

बाजुरामा देखिएको स्वागत र उत्साहले अभियानलाई थप ऊर्जा दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय