काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै जनकपुर बोल्ट्सले क्रिकेट पारखीहरूलाई ठूलो सरप्राइज दिएको छ। विश्व चर्चित इंग्ल्यान्डका स्टार अलराउन्डर मोइन अलीलाई जनकपुर बोल्ट्सले आफ्नो टोलीमा भित्र्याएको हो!
विस्फोटक ब्याटिङ र धारिलो स्पिन बलिङका लागि परिचित मोइन अलीको इन्ट्रीसँगै जनकपुरको टोली थप सशक्त बनेको छ। टी-२० क्रिकेटका दिग्गज खेलाडी अलीको उपस्थितिले एनपीएलको रौनकलाई नै अझ उकास्ने निश्चित छ।

अन्तर्राष्ट्रिय क्रिकेट तथा विश्वभरका शीर्ष टी-२० लिगहरूमा आफ्नो प्रभाव जमाइसकेका अलीको आगमनले जनकपुरको ब्याटिङ र बलिङ दुवै लाइनअपलाई मजबुत बनाएको छ। उनको उपस्थितिलाई यो सिजनको एनपीएलकै मुख्य आकर्षणमध्ये एक मानिएको छ।



