काठमाडौं: आगामी अक्टोबर ७ देखि ओमानमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ (CWCL2) का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरिएको हो। टोलीमा आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरासहितका खेलाडी छन्।
टोलीमा गुलशन झा, बशिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल पनि रहेका छन्।




