काठमाडौं । चीनले बाढीपहिरो प्रभावितका लागि नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। चिनियाँ जनमुक्ति सेनाका दुई वाई–२० विमानमार्फत त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड तथा प्राथमिक उपचार किटसहित १३ हजार २०० थान सामग्री नेपाल ल्याइएको हो।

साथै, आवश्यक उद्धार उपकरणसहित चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि नेपाल आएका छन्। नेपालका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोपछि उद्धार तथा राहत कार्यमा सहयोग गर्न चीनले सामग्री र विशेषज्ञ टोली पठाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय