७ भदौ, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय इरफानकी छोरी सानिया खातुन आइतबार बिहानसम्म घरमै रहेकी थिइन्। त्यसपछि परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको हो।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।
बालिकाको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। घटनास्थलमा स्थानीयको बाक्लो भीड लागेको छ।



