काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सांगठनिक संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै सचिवालय विस्तार गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न जिम्मेवारीमा रहेका नेताहरूलाई समेटेर सचिवालय विस्तार गर्ने निर्णय गरेको हो ।

नयाँ सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसहित लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झालाई समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय