काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेकी छन्।

कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा सांसद तामाङले प्रश्न उठाएकी थिइन्। तर, मंगलबार परराष्ट्रमन्त्री खनालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनले असन्तुष्टि जनाइन्।

थप प्रश्न सोध्न नपाएको भन्दै तामाङ बैठक कक्षबाट बाहिरिएकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय