बैतडी । राहदानी लिन कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउँदै सरकारले सञ्चालन गरेको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा बैतडीमा प्रभावकारी बन्दै गएको छ।

पछिल्लो तीन महिनामा जिल्लाका १७८ जना सेवाग्राहीले घरमै राहदानी प्राप्त गरेका छन्। जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार २४८ जनालाई राहदानी वितरण गर्ने लक्ष्य रहेकामा १७८ जनालाई घरमै सेवा दिइएको हो।

उनका अनुसार बाँकी राहदानीसमेत सम्बन्धित पालिकामार्फत सेवाग्राहीको घरसम्म पठाइसकिएको छ।

बैतडीका सबै स्थानीय तहमा यो सेवा विस्तार गरिएको छ। जिल्लाका नौवटा पालिकामा हुलाक कार्यालयमार्फत राहदानी वितरणको व्यवस्था मिलाइएको छ भने दशरथचन्द नगरपालिकामा जिल्ला हुलाक कार्यालयबाटै सेवा प्रवाह भइरहेको छ।

यस सेवाले सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै राहदानी वितरण प्रक्रिया थप सहज बनेको हुलाक कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय