काठमाडौं: अब बैंकमा खाता खोल्न शाखासम्म पुग्नुपर्ने बाध्यता हटेको छ। ग्लोबल आइएमई बैंकले युवा पुस्तालाई लक्षित गर्दै ‘ग्लोबल नेक्स्ट जेन खाता’ सञ्चालनमा ल्याएको छ, जसमार्फत राष्ट्रिय परिचयपत्र वा राहदानी भएका नेपाली नागरिकले बैंकमा नगई अनलाइनबाटै खाता खोल्न सक्नेछन्।

यस खाताका लागि आवेदन दिएपछि खाता तत्काल सञ्चालनमा आउने व्यवस्था गरिएको बैंकले जनाएको छ। साथै, ग्राहकले घरमै बसेर मोबाइल बैंकिङ सेवा पनि प्रयोग गर्न सक्नेछन्। यस खातामा पहिलो वर्ष मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराइनेछ।

बैंकका अनुसार यस खातामा न्यूनतम मौज्दात (मिनिमम ब्यालेन्स) राख्नुपर्ने व्यवस्था छैन। साथै, आकर्षक ब्याजदरको सुविधा पनि प्रदान गरिएको छ।

सहज, छिटो र डिजिटल बैंकिङ सेवामा जोड दिँदै ल्याइएको ‘ग्लोबल नेक्स्ट जेन खाता’ विशेषगरी प्रविधिमैत्री युवा पुस्ताका लागि उपयोगी हुने विश्वास बैंकले गरेको छ।

बैंकमा लामो समय लाइन बस्नुपर्ने वा शाखामा पुग्नुपर्ने झन्झट बिना नै केही चरण पूरा गरेर घरबाटै खाता खोल्न सकिने भएकाले यो सेवा आधुनिक बैंकिङतर्फको अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय