काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका सङ्ग्रौला (ज्वाला) ले विपन्न नागरिकको मृत्यु भएपछि दाहसंस्कारका लागि राज्यले निःशुल्क व्यवस्था गर्नुपर्ने माग गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सङ्ग्रौलाले पशुपति आर्यघाटमा आफन्तको शव जलाउनसमेत पैसा नभएको भन्दै एक विपन्न नागरिकले आफूलाई फोन गरेको घटना सुनाइन्।

उनले बाँचुन्जेल राज्यलाई विभिन्न शीर्षकमा कर तिर्ने नागरिकले मृत्युपछि समेत सम्मानजनक अन्तिम संस्कार पाउन नसक्नु दुःखद भएको बताइन्। यस्तो अवस्थामा विपन्न परिवारलाई राज्यले निःशुल्क दाहसंस्कारको व्यवस्था गर्नुपर्ने उनको माग छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय