२१ साउन, काठमाडौं । अबदेखि प्रतिनिधि सभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। सभामुख डोलप्रसाद अर्याल (डिपी) ले बैठकको मर्यादा र अनुशासन कायम गर्न यस्तो निर्देशन दिएका हुन्। उनले प्रमुख सचेतक र सचेतकहरूलाई यो जानकारी समयमै आफ्ना दलका सबै सांसदसम्म पुर्याउन पनि आग्रह गरेका छन्।




