काठमाडौं:  नेपालमै विकसित मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ औपचारिक रूपमा सार्वजनिक भएको छ। राइड-सेयरिङ, फूड डेलिभरी, ग्रोसरी, पार्सल, होटल बुकिङ, डिजिटल पेमेन्ट, रियल स्टेट, रोजगारी, OTT तथा डिजिटल लर्निङलगायत १० भन्दा बढी सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार फिरिरी नेपालीद्वारा निर्माण गरिएको स्वदेशी डिजिटल प्लेटफर्म हो, जसको लक्ष्य विभिन्न सेवालाई एउटै इकोसिस्टममा जोड्दै प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्नुका साथै स्थानीय व्यवसाय, सेवा प्रदायक र रोजगारीका अवसरलाई डिजिटल रूपमा विस्तार गर्नु हो। हाल यसको सेवा देशका प्रमुख सहरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय