८ साउन, काठमाडौं । बाल मन्दिरको जग्गा भाडामा दिएर भ्रष्टाचार तथा ठगी गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा आठ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

स्रोत अनुसाार मुद्दा दायर गरिएकाहरूमा नेपाल बाल संगठनका तत्कालीन नेतृत्व तथा कर्मचारीहरू रहेका छन्:

  • पक्राउ परेका प्रतिवादीहरू (३ जना):

    • आशा श्रेष्ठ (५४ वर्ष) – तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख

    • राजेन्द्रकुमार श्रेष्ठ (५१ वर्ष) – तत्कालीन सचिव

    • ओमकृष्ण कर्माचार्य (६२ वर्ष) – तत्कालीन सभापति

  • फरार प्रतिवादीहरू (५ जना):

    • रीता भण्डारी (युरी कुमारी राई) – तत्कालीन सभापति

    • भगवान शाक्य (६३ वर्ष) – तत्कालीन सभापति

    • दीपकदास श्रेष्ठ (७४ वर्ष) – तत्कालीन कोषाध्यक्ष

    • प्रयागराज श्रेष्ठ (६० वर्ष) – तत्कालीन कोषाध्यक्ष

    • रामकृष्ण चित्रकार (५६ वर्ष) – तत्कालीन सल्लाहकार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय