समाचार:

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्यान्ड्समा हुने विश्वकप लिग–२ प्रतियोगिता तथा यूकेमा हुने तयारी भ्रमणका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तान छन्। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सोमपाल कामी, ललित राजवंशी, करण केसी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, भीम सार्की, इशान पाण्डे, अर्जुन कुमाल र विनोद भण्डारी समावेश छन्।

क्यानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै टोली सार्वजनिक गरेको हो। साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरा वैकल्पिक खेलाडीका रूपमा राखिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय