काठमाडौँ: सरकारले ताप्लेजुङस्थित ऐतिहासिक तथा धार्मिक स्थल पाथीभरा मन्दिर मा निर्माणाधीन केवलकार परियोजनासम्बन्धी विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयअनुसार प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभएको छ।

कार्यदललाई केवलकार निर्माणका कारण लामो समयदेखि देखिँदै आएका विवाद तथा समस्याको पहिचान गरी समाधानका लागि सुझाव पेस गर्न १५ दिनको समयसीमा दिइएको छ।

कार्यदलमा पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर, केवलकार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समिति का प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव तथा प्रधानमन्त्री कार्यालयका स्वकीय सहसचिव सदस्य रहेका छन्।

ताप्लेजुङ स्थित उक्त धार्मिक क्षेत्रमा केवलकार निर्माणलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय