काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ४:३० बजे सिंहदरबारमा बस्ने तय गरिएको छ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक तथा प्रशासनिक अवस्थाबारे छलफल हुने जनाइएको छ।

साथै सरकारका विभिन्न मन्त्रालयको कार्यप्रगति, आगामी कार्यक्रम तथा अन्य आवश्यक विषयहरू पनि एजेन्डामा रहने सचिवालयले जनाएको छ।
सरकारका तर्फबाट हाल भइरहेका कामकारबाहीको समीक्षा गर्दै आवश्यक निर्णयहरू लिन बैठक बोलाइएको बताइएको छ।




