काठमाडौं: अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको खबर सार्वजनिक भएको छ।

सहमतिअनुसार ६० दिनको युद्धविराम कायम रहने र त्यस अवधिमा अन्तिम सम्झौताका विषयमा टुंगो लगाइने बताइएको छ।

सम्झौताअन्तर्गत इरानमा ३०० अर्ब अमेरिकी डलरभन्दा बढीको लगानी भित्र्याउने प्रस्ताव गरिएको छ।

यो लगानी अमेरिका, खाडी मुलुक तथा अन्य देशका निजी कम्पनीहरूले विभिन्न क्षेत्रमा गर्ने जनाइएको छ।

तर लगानी प्राप्त गर्न इरानले आणविक कार्यक्रम बन्द गर्नुपर्ने, अन्तर्राष्ट्रिय अनुगमन स्वीकार गर्नुपर्ने र उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्नुपर्ने सर्त राखिएको छ।

सम्झौताको अन्तिम रूप भने आगामी ६० दिनभित्र तय हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय