काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन्।

प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले उद्योग पुनः सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिइन्।

मन्त्री कुमारीका अनुसार कपडा र धागो उद्योग सञ्चालनसँगै कपास खेतीलाई पनि सँगसँगै अघि बढाइनेछ।

उनले हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर सञ्चालन गरिने बताइन्।

त्यसैगरी पेट्रोलियम पदार्थमा इथानोल मिसावटको प्रक्रिया अघि बढिसकेको पनि उनले जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय