काठमाडौं:  श्रम संस्कृति पार्टीको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बुधबार बसेको बैठकमा मन्त्रीहरूको जवाफ चित्तबुझ्दो नभएको भन्दै सो पार्टीका सांसद हर्क साम्पाङसहितले वेल घेराउ गरेका थिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले दिएको जवाफपछि उनीहरूले पुनः प्रश्न गर्न पाउनुपर्ने माग गरेका थिए। तर सभामुखले प्रक्रिया अनुसार पुनः प्रश्न गर्न नमिल्ने बताएपछि उनीहरूले विरोध जारी राखे।

सभामुखले पटक–पटक बैठक सञ्चालनका लागि आग्रह गरे पनि वेल घेराउ नहटेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय