काठमाडौं: राहदानी छपाइमा भएको अनियमितताको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्।

उनीहरूमाथि अनुसन्धानका लागि विशेष अदालतबाट ३ दिनको म्याद लिइएको अख्तियारले जनाएको छ।
यसअघि असार १ गते विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ परिसकेका थिए।




