काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ।
यसअघि रत्ननगर नगरपालिका–टाँडीस्थित होटल स्टारमा आयोजना गर्ने तय भए पनि अब महाधिवेशन भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिएका छन्।

स्थान परिवर्तनसँगै टाँडीमा करिब ६ हजार सहभागी अट्ने गरी निर्माण भइरहेको बाँसको पण्डालको काम रोकिएको छ।
आगामी असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका लागि सहभागीहरूको आवास सौराहा, रत्ननगर र भरतपुरका विभिन्न होटलमा व्यवस्थापन गरिएको छ।
पार्टीका अनुसार महाधिवेशन तयारीका लागि १८ वटा उपसमिति गठन गरी आवश्यक काम अघि बढाइएको छ।



