काठमाडौं:  प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल चलिरहेका बेला सम्बन्धित मन्त्री बैठकमा उपस्थित नभएको विषय उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

बैठकमा सांसद गोपाल शर्माले संसद् नियमावलीअनुसार सम्बन्धित मन्त्रीको उपस्थितिबिनै मन्त्रालयगत शीर्षकमाथि छलफल गर्न नमिल्ने भन्दै आपत्ति जनाएका थिए।

त्यसपछि सभामुखले आवश्यक समन्वयका लागि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय