काठमाडौं: चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार चिनियाँ नेता तथा चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका छन्।

बेइजिङमा भएको भेटमा नेपाल–चीन सम्बन्धका समसामयिक विषयसहित विकास सहकार्य, व्यापार, लगानी, पर्यटन र राजनीतिक आदानप्रदानबारे छलफल भएको जनाइएको छ।

साथै, दुई देशका नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो।

भेटपछि परराष्ट्रमन्त्री खनालले नेपाल–चीनबीचको परम्परागत मित्रता र सहकार्यलाई अझ गहिरो बनाउने विषयमा दुवै पक्ष सकारात्मक रहेको बताएका छन्।

उनले आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न चीनले देखाएको प्रतिबद्धताको प्रशंसासमेत गरेका छन्।

यसअघि सोमबार खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गरेका थिए।

चीन भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्तालाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।

जेठ १ गते चीन प्रस्थान गरेका परराष्ट्रमन्त्री खनाल भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय