काठमाडौं: गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) बीच नगरवासीलाई स्वास्थ्य सेवामा विशेष सहुलियत दिने सम्झौता भएको छ।

सोमबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा उपचारका लागि केएमसी जाने नगरवासीले स्वास्थ्य बीमा, विपन्न नागरिक कार्यक्रम र अन्य सरकारी सुविधा उपयोग गरेपछि थप छुट पाउनेछन्।

केएमसीको दुवाकोट शाखामा उपचार गर्दा विभिन्न सेवामा ५० प्रतिशतसम्म र सिनामंगल शाखामा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ।

नगरपालिकाले उपचार खर्चको एक हिस्सा शोधभर्ना गर्नेछ।

मिर्गौला प्रत्यारोपणका लागि नगरवासीलाई करिब १० लाख रुपैयाँसम्मको उपचार सहुलियत उपलब्ध हुन सक्ने केएमसीले जनाएको छ।’

सरकारी कार्यक्रम, बीमा र अस्पतालको छुट जोडिँदा यो सुविधा सम्भव हुने बताइएको छ।

सम्झौता साउन १ गतेदेखि लागू भई आगामी असार मसान्तसम्म रहनेछ।

नगर प्रमुख दीपककुमार रिसालले सम्झौताले नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय