काठमाडौं: नेपाल–भारत सीमा क्षेत्रमा देखिएका विभिन्न समस्याबारे छलफल गर्न भारतीय उच्चस्तरीय टोली कञ्चनपुर आइपुगेको छ।

महेन्द्रनगरस्थित होटल ओपेरामा नेपाल र भारतका उच्च अधिकारीबीच सीमा व्यवस्थापनसम्बन्धी बैठक भइरहेको छ।

बैठकमा सीमा सुरक्षा, आवतजावतको सहजता, सीमा स्तम्भहरूको अवस्था तथा अन्य साझा चासोका विषयमा छलफल भइरहेको छ।

दुवै देशका सुरक्षा निकाय र प्रशासनिक अधिकारीहरू बैठकमा सहभागी छन्।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय