काठमाडौं: प्रतिनिधिसभाको बजेट छलफलका क्रममा नेकपा एमालेकी सांसद एशुदाकुमारी बराल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ बीच संसदमा सवाल–जवाफ भएको छ।
छलफलमा सांसद बरालले कर्णाली, सुदूरपश्चिम र मधेशका जनताको अपेक्षाअनुसार बजेट नआएको भन्दै ती क्षेत्रका मागहरू बेवास्ता भएको टिप्पणी गरेकी थिइन्।

सोही क्रममा उनले रास्वपाप्रति लक्षित गर्दै ती क्षेत्रलाई ‘बेचेर राजनीति गरिएको’ भन्ने अभिव्यक्ति दिएपछि विषय उठेको हो।
उक्त भनाइप्रति आपत्ति जनाउँदै सांसद तामाङले “कसले बेच्यो? कुन सरकारले बेच्यो? त्यसको प्रमाण के हो?” भन्दै प्रश्न गरेकी थिइन्।
त्यसपछि सांसद बरालले सहकारी ठगी प्रकरण, पीडितको रकम फिर्ता तथा जीबी राईको अवस्थाबारे पनि प्रश्न उठाएकी थिइन्।



