काठमाडौं: मगर समुदायले प्रकृति र भूमिको पूजा गर्दै मनाइने भूमे पर्व आजदेखि काठमाडौंमा सुरु भएको छ।

भूमे पर्व संरक्षण समितिको आयोजनामा राजधानीको खुलामञ्चमा तीन दिनसम्म पर्व मनाइने भएको हो।

वर्षायाम सुरु भएसँगै बालीमा रोग, प्राकृतिक प्रकोप र दैवी विपत्ति नलागोस् भन्ने विश्वासका साथ मगर समुदायले भूमे पूजा गर्ने परम्परा छ।

यस अवसरमा भूमिलाई पूजा गरी प्रकृतिप्रति कृतज्ञता व्यक्त गरिन्छ।

समुदायका अनुसार भूमे पर्वले प्राकृतिक विपत्तिबाट जोगाउने र सुख–समृद्धि दिलाउने विश्वास रहँदै आएको छ। मगर समुदायले यस पर्वलाई आफ्नो सांस्कृतिक पहिचान र परम्पराको महत्वपूर्ण हिस्सा मान्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय