काठमाडौं: निर्माणाधीन नयाँ संसद भवनको काम समयमै नसकिए ठेकेदारलाई प्रतिदिन १ करोड रुपैयाँ जरिवाना गरिने चेतावनी दिइएको छ।

सोमबार काठमाडौंमा भवन निर्माणको अनुगमन गर्दै सभामुख डोलप्रसाद अर्याल ले काममा ढिलासुस्ती भए कडा कारबाही हुने बताएका हुन्।

उनले ठेकेदारको ढिलाइ र बहानाबाजीका कारण राज्यलाई नोक्सानी भइरहेको भन्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिए।

जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद हलमा आगजनी भएपछि हाल संसद अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ।

यही कारण नयाँ भवन छिटो सम्पन्न गर्नुपर्ने दबाब रहेको छ।

सभामुख अर्यालले काम ढिला भए वैकल्पिक स्थानमा संसद सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै दशरथ रंगशालाजस्ता स्थानमा संसद चलाउने विकल्पसमेत रहेको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय