काठमाडौं: काठमाडौं महानगरपालिका वडा नं. २२ द्वारा आयोजित दोस्रो ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगितामा सगेन्द्र सिंहले उपाधि जितेका छन्।

राष्ट्रिय सभा गृहमा सम्पन्न प्रतियोगितामा डिभाइन फिजिकल फिटनेस सेन्टरका सिंहले ७५ केजीभन्दा माथिको तौल समूहबाट उपाधि हासिल गरेका हुन्।

उनले ओभरअल प्रतिस्पर्धासमेत जित्दै कुल ५ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

महिला फिजिक्सतर्फ एनआरके फिटनेसकी सीता खत्री प्रथम भएकी छन्।

उनलाई १ लाख २५ हजार रुपैयाँ नगदसहित पदक र सम्मान प्रदान गरिएको छ।

प्रतियोगिता वडा नं. २२ ले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य र काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा आयोजना गरेको हो।

कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले शारीरिक सुगठन प्रतियोगिताले अनुशासन, निरन्तर प्रयास र स्वस्थ जीवनशैलीको सन्देश दिने बताउनुभयो।

यस वर्ष प्रतियोगितामा पुरुष र महिला दुवै विधामा प्रतिस्पर्धा गरिएको थियो।

पुरुषतर्फ विभिन्न तौल समूह र ओभरअल गरी ९ विधामा प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा विभिन्न तौल समूहका विजेतालाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय