काठमाडौं: नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका धवलशम्शेर राणाले बालेन शाह नेतृत्वको सरकारमाथि प्रश्न उठाएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राणाले सरकार गठन भएको १०० दिन नपुग्दै सरकारका कामकारबाहीप्रति असन्तुष्टि देखिन थालेको दाबी गरे।

उनले वर्तमान सरकार असफल भए जनताले नयाँ राजनीतिक विकल्प खोज्ने र आफ्नो पार्टी त्यसको विकल्प बन्ने बताए।

राणाले आफूहरूले राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको एजेन्डा बोकेको नयाँ पार्टी निर्माण गरिरहेको जानकारी दिए।

मलमासका कारण पार्टी घोषणा केही ढिला भएको उल्लेख गर्दै उनले छिट्टै पार्टीको नाम, झण्डा र भावी योजना सार्वजनिक गरिने बताए।

राणाले नयाँ पार्टीलाई देशभर विस्तार गर्दै जनतामाझ तीव्र रूपमा लैजाने तयारी भइरहेको पनि बताए।

राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेपछि दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय