काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले कोशी प्रदेशस्तरीय भेला आयोजना गरेका छन्।
‘वृहत् एकता, साझा प्रतिबद्धता’ नारासहित विराटनगरमा आयोजित भेलामा कांग्रेसका शीर्ष तथा वरिष्ठ नेताहरूको सहभागिता रहेको छ।

भेलामा नेता डा. शेखर कोइराला, पूर्वमहामन्त्रीद्वय डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौलासहित पार्टीका विभिन्न नेताहरू सहभागी भएका छन्।
यस्तै बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, एनपी साउद, मीनबहादुर विश्वकर्मा, महेन्द्र लिम्बु, रामहरि खतिवडा, सरस्वती बजिमय, सुजाता परियार, मोहनबहादुर बस्नेत र सीता गुरुङलगायत नेताहरू पनि भेलामा सहभागी छन्।
विशेष महाधिवेशन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला आएपछि देउवा र शेखर समूहले संयुक्त रूपमा आयोजना गरेको यो पहिलो भेला हो।



