काठमाडौँ: सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति नबन्ने स्पष्ट पारेको छ।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अर्थमन्त्रीले उठेका प्रश्नहरूको जवाफ सदन र संसदीय समितिमा दिइसकेको बताए।

बजेटमा करका दर हेरफेर गरिएको भन्दै विपक्षी दलहरूले संसदीय छानबिन समिति गठनको माग गरिरहेका छन्।

तर मन्त्री पोखरेलले हाल थप छानबिन समिति आवश्यक नरहेको सरकारको निष्कर्ष रहेको बताएका छन्।

“अर्थमन्त्रीले यस विषयमा स्पष्ट पारिसक्नुभएको छ। अहिले थप समिति बनाउनु आवश्यक देखिएको छैन,” उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय