काठमाडौँ: ग्लोबल आइएमई बैंकले बिन्द्रा हाडा भट्टराईलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ।

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत गरेका छन्।

भट्टराई सार्वजनिक प्रशासन, सुशासन र विकास व्यवस्थापन क्षेत्रमा लामो अनुभव भएकी पूर्वसचिव हुन्। उनले विभिन्न सरकारी निकायमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेकी छन्।

बैंकले भट्टराईको अनुभवले संस्थाको व्यवस्थापन तथा रणनीतिक योजनालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय