काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनाल आगामी जेठ ३१ गते चारदिने चीन भ्रमणमा जाने भएका छन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार खनाल असार ३ गतेसम्म चीनमा रहनेछन्।

भ्रमण चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको हो।

भ्रमणका क्रममा बेइजिङमा नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विभिन्न विषयमा दुई देशका परराष्ट्रमन्त्रीबीच छलफल हुने जनाइएको छ।

साथै खनालले चीनका अन्य उच्च अधिकारीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

त्यसैगरी, उनले नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी भई चिनियाँ व्यवसायी समुदायसँग नेपालमा लगानीका सम्भावनाबारे संवाद गर्नेछन्।

मन्त्री खनाल असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय