काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ ले देशका मुख्य राजमार्गहरूमा सार्वजनिक शौचालयको अभावले यात्रुहरूलाई सास्ती खेप्नुपरेको बताएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विशेषगरी पृथ्वी राजमार्ग मा यात्रा गर्ने क्रममा शौचालयको सुविधा नहुँदा यात्रुहरू बाध्य भएर खुला स्थान र झाडीको सहारा लिनुपर्ने अवस्था रहेको उल्लेख गरिन्।

“राजमार्गमा यात्रा गर्दा शौचालय खोज्नु नै चुनौती बनेको छ। महिलादेखि ज्येष्ठ नागरिकसम्म सबै यात्रु यस समस्याबाट प्रभावित छन्,” उनले भनिन्।

सांसद तामाङले सार्वजनिक शौचालयको अभावले यात्रुहरूको सम्मान, स्वास्थ्य र सरसफाइसँग जोडिएको गम्भीर प्रश्न उठाएको बताउँदै राजमार्ग क्षेत्रमा पर्याप्त शौचालय निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन्।

उनले यात्रुलाई आधारभूत सुविधा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा व्यवस्थित सार्वजनिक शौचालय निर्माणको योजना अघि बढाउन सरकारसँग आग्रह समेत गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय