काठमाडौँ: पूर्वअर्थमन्त्री तथा वर्षमान पुन ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा अर्थ मन्त्रालयबाट बजेट चुहावट भएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

प्रतिनिधिसभामा बोल्दै पुनले संसद्मा पेश भइसकेको बजेटसम्बन्धी विषय परिवर्तन हुनु सामान्य कुरा नभएको भन्दै घटनाको सूक्ष्म अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले पुराना फाइल खोल्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै आफू अर्थमन्त्री भएको कार्यकालदेखि नै सबै फाइल छानबिन गर्न चुनौती दिए।

“पुरानाले गल्ती गरे भन्दै नयाँले पनि गल्ती गर्न पाइन्छ ? फाइल खोल्ने कुरा अर्थमन्त्रीले गर्नुभयो ।

खोलौँ, मेरै पालादेखि नै खोलौँ,” पुनले भने।

पुनले बजेट चुहावटसम्बन्धी आरोपको निष्पक्ष छानबिनका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय