काठमाडौँ: काठमाडौँ महानगरपालिकाले नगर सभाको १९ औँ अधिवेशन जेठ ३१ गते आइतबार बिहान ११ बजे बस्ने गरी तय गरेको छ।

बिहीबार बसेको कार्यपालिका बैठकले नगरसभा बैठकको मिति तय गरेको हो। बैठकको अध्यक्षता कार्यवाहक प्रमुख सुनिता डंगोलले गरेकी थिइन्।

बैठकले नेपाल भाषाको बाल विकास तथा पूर्व प्राथमिक तहको पाठ्यक्रम पनि स्वीकृत गरेको छ।

शिक्षा तथा स्वास्थ्य समितिको प्रस्तावअनुसार स्थानीय विषयका रूपमा नेपाल भाषा पाठ्यक्रम परिमार्जन गरी स्वीकृत गरिएको हो।

बैठकमा सुकुम्बासी तथा स्वबासी व्यवस्थापन, नदी किनार मापदण्ड कार्यान्वयन, र शहरी विकाससम्बन्धी विभिन्न विषयमा पनि छलफल भएको थियो।

विभिन्न वडाका अध्यक्षहरूले स्थानीय समस्या, कर संकलन, कर्मचारी व्यवस्थापन र विकास आयोजनासम्बन्धी विषयमा आफ्ना धारणा राखेका थिए।

महानगरले विभिन्न विषयमा अध्ययन तथा संयुक्त टोलीमार्फत समाधान खोज्ने तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय