काठमाडौं: प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद सञ्चालनप्रति असन्तुष्टि जनाउँदै संसदीय व्यवस्थामाथि प्रश्न उठाएका छन्।

विज्ञप्ति जारी गर्दै उनले संसदमा सभामुखले निष्पक्ष भूमिका नखेलेको आरोप लगाएका छन्।

उनका अनुसार केही दललाई बोल्ने अवसर दिइएको तर आफ्नो पार्टीलाई नदिइएको भन्दै विभेद गरिएको दाबी गरेका छन्।

साम्पाङले यसलाई संसदीय अभ्यासमाथि “कलंक” भएको टिप्पणी गर्दै संसदको गरिमा दिनप्रतिदिन खस्कँदै गएको बताएका छन्।

उनले नियम र संवैधानिक प्रावधानको पालना नगरेर संसद सञ्चालन भएको भन्दै यस्तो अवस्था लोकतान्त्रिक अभ्यासका लागि गम्भीर विषय भएको उल्लेख गरेका छन्।

साम्पाङले संसदमा देखिएका कमजोरी तत्काल सच्याउन सरकार र सभामुखलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय